site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या 
घटना भएको घर ।

विराटनगर । धनकुटा नगरपालिका–१, निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेका छन् ।

निगालेमा बस्दै आएका ३५ वर्षीय टिकाराम गुरुङले श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुषको हत्या गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर नगरपालिकाका बासिन्दा उनी केही समयदेखि धनकुटाका मानिकलाल श्रेष्ठको खाली घरमा बस्दै आएका थिए । ज्यालामजदुरी गर्दै आएका गुरुङले मादकपदार्थ सेवन गरी घरायसी विवादमा घटना गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको टोली घटनास्थलमा पुगेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनकी श्रीमती र छोराको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

मृतक गुरुङकी कान्छी छोरी ६ वर्षीया आसिकी भने छिमेकीको घरमा सुत्न गएकाले बचेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro