site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचजनाको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई आज मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेस्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी बस्ने ४८ वर्षीय अमरलाल सदा सोही ठाउँस्थित माछा पोखरीमा आज मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित सरस्वती सामुदायिक वनमा  नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी छन् । 

चितवन, खैरहनी नगरपालिका–९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आज मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro