site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट, रेमिट्यान्स भने बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् २०८० साउन, भदौ, असोज र कार्तिक वैदेशिक रोजगारीमा जानका लागि दुई लाख ६ हजार ३१६ जनाले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जान दुई लाख ८० हजार ५१८ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७४ हजार २०२ ले कमी आएको छ । 

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा एक लाख ७९ हजार ७६७ जना पुरुष छन् भने २६ हजार ५४९ महिला छन् ।

विभागका अनुसार २०८० सालको साउनमा ५५ हजार ५७५, भदैमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कार्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६ र कार्तिकमा ७८ हजार ३७० जना वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि सोही अवधिमा वैदेशिक रोजगारीबाट नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा सोही अवधिको तुलनामा नेपाल भित्रिने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०७९/८० नेपाल भित्रने रेमिट्यान्स १६.८ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro