site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आयोगले सरकारलाई भन्यो– भोलिको प्रदर्शनमा अनावश्यक बल प्रयोग नगर्नू

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युवा संघ र दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट प्रदर्शनको अनुगमन गर्नेसमेत बताएको छ ।

बुधबार एक विज्ञप्तिमार्फत आयोगले प्रदर्शनका सम्बन्धमा सामाजिक सञ्जालमा आएका अभिव्यक्ति‍, सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीहरूलाई गम्भीररूपमा लिएर नजिकबाट अध्ययन गरिरहेको पनि बताएको छ । दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोपप्रत्यारोपयुक्त अभिव्यक्तिहरू दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको आयोगले जनाएको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने आयोगको भनाइ छ । जसका लागि प्रदर्शनकारीकै प्राथमिक दायित्व हुने आयोगको ठहर छ ।

साथै आयोगले शान्तिपूर्णरूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro