site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियाले गाजामा थप २१.७ टन सहायता सामग्री पठायो

काठमाडौं । इन्डोनेसियाले गाजाका निम्ति थप सहायता सामग्री पठाएको छ । इन्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो ।

सहायतामा इन्डोनेसिया सरकारबाट ३.३ टन स्वास्थ्य र त्यहाँका नागरिकका तर्फबाट १८.४ टन खाना, गद्दा, कम्बल, सरसफाइ किटलगायत सामग्री छन् । 

गाजापट्टीमा युद्ध सुरु भएयता इजरायलले विभिन्न खाद्य र स्वास्थ्य सामग्रीको आपूर्ति रोकेको छ । अरू देशहरूले गाजामा सहायता सामग्री पठाउँदै आएका छन् । इजरायल–हमास युद्धका कारण गाजापट्टीको अवस्था दयनीय बनेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro