site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पबाट भएको क्षति विवरण पाँच दिनभित्र बुझाउन निर्देशन

दैलेख । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पाँच दिनभित्र बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई विपद् व्यवस्थापन समितिमा सिफारिस गर्न बैठकले निर्देश गरेको दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

विपद् व्यवस्थापन समितिको बैठकमा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । बैठकमा विपद्को पूर्वतयारी, हेलिप्याडको व्यवस्थापन, सडकको स्तरोन्नति, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई थप सेवा प्रभावकारी बनाउन यहाँका ११ वटै स्थानीय तहले ध्यान दिनुपर्ने विषयमा छलफल भएको प्रशासकीय अधिकृत कोइरालाले बताए ।

जिल्लाबाट बाहिर जाने यातायातको भाडादर महँगो भएको जनगुनासो आउन थालेकाले यसलाई व्यवस्थित गर्नका लागि यातायात व्यवसायीसँग छलफल गरी सम्बोधन गरिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro