site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगमा बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे
तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले विकसित र कार्बन उत्सर्जन बढी गर्ने राष्ट्रहरूले अझै पनि पीडित देशलाई गर्ने भनिएको सहयोगका निम्ति आनाकानी गरिरहेको उल्लेख गरे । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोगको सम्झौता गर्ने तर वित्त हस्तान्तरणमा आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिनुपर्ने सुझाव दिए ।

“विकसित राष्ट्रहरू अझै पनि कतिपय अवस्थामा अनकनाइरहेका छन् कि यो वातावरणीय परिवर्तनका महासन्धि, सन्धिहरूमा हस्ताक्षर गर्नका लागि उनीहरूलाई बाध्य पारिनुपर्छ,” उनले भने, “बोल्ने मात्रै होइन, हामी यो फन्डमा यति पैसा राख्छौँ, यो गर्छौँ भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फन्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाईंको नेतृत्व हामीले गर्नुपर्छ । अब हुने कोप–२८ मा यो लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ ।”

नेपालमा जलवायु परिवर्तनका नाममा गरिएका खर्चमा सोच्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro