site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाटेबाघ मृत फेला
फाइल तस्बिर : विकिपिडिया ।

भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एकापसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमाटमको तयारी गरेको छ ।

सन् २०२२ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro