site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीमा १७ आईएस संदिग्ध पक्राउ

काठमाडौं । टर्की प्रहरीले इस्तानबुलबाट १७ आईएस संदिग्धलाई पक्राउ गरेको छ ।

टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको ‘अपरेसन’मा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बद्ध १७ संदिग्धलाई पक्राउ गरिएको इहलास समाचार एजेन्सीले जनाएको छ ।

प्रहरीले आईएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीलाई लक्षित गरी नौ जिल्लामा छापा मारिएको इहलासले जनाएको छ ।

प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिएको छ भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताइएको छ ।

टर्कीले सन् २०१३ मा आईएसलाई आतंककारी समूहमा सूचीकृत गरेको थियो । चरमपन्थी समूहले धेरैपटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले आतंकवादविरोधी अभियान जारी राखेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro