site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानबाट पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । सोमबार पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै पाँच हजार ६४० शरणार्थी स्वदेश फर्किएका हुन् ।

त्यस्तै, सोमबार तीन हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै संख्यामा इरानमा रहेको बताइएको छ ।

विगत दुई महिनामा चार लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँदयाममा फर्किएकाहरूलाई अस्थायी आश्रयसहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro