site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापाको कन्काई नगरपालिका–९, मन्त्रिबारीस्थित भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४० वर्षीय संजय साह रहेका छन् । गम्भीर घाइते भएका  उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro