site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोटमा आंशिक क्षतिका घर बढी, रुकुप पश्चिममा पूर्ण ध्वस्त धेरै

काठमाडौं । यही कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटमा पूर्ण ध्वस्त बनाएका भन्दा आंशिक क्षति गरेका घरको संख्या निकै धेरै छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले संकलन गरेको विवरणानुसार भूकम्पले जाजरकोटका ३४ हजार ५०१ घरमा क्षति भएको छ ।

जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ । जाजरकोट नै केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँका नौ हजार ७९४ घर पूर्ण ध्वस्त भएको सो शाखाले जनाएको छ ।

भूकम्पले रुकुम पश्चिममा २६ हजार ५३१ घरमा क्षति भएको छ । रुकुम पश्चिममा आंशिकभन्दा पूर्ण ध्वस्त भएका घरको संख्या धेरै छ ।

शाखाका अनुसार रुकुम पश्चिममा भूकम्पले १६ हजार ५७० घर पूर्ण रूपमा ध्वस्त भएको छ । भूकम्पले रुकुम पश्चिमका नौ हजार ९६१ घरमा आंशिक क्षति भएको शाखाले जनाएको छ ।

भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro