site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता अमेरिकी डलर ४४ करोड ५२ लाख बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म चालु खाता अमेरिकी डलरमा ४४ करोड ५२ लाखले बचतमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो खाता २७ करोड ६७ लाखले घाटामा थियो ।

चालु खाता सन्तुलन भन्नाले के बुझिन्छ ?
नेपाल राष्ट्र बैंकका अनुसार निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो ।

चालु खाता घाटा वा बचतमा रहन सक्छ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहने राष्ट्र बैंकले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro