site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हातहतियारसहित पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बारामा विभिन्न हातहतियारसहित पाँचजना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–११, भगवानपुरबाट हातहतियारसहित बिहीबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिम्रौनगढ–११, भगवानपुरका ३५ वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, २७ वर्षीय धरिन्जन पटेल, रौतहटको देवाही गोनाही नगरपालिका–३ का ८० वर्षीया शोभा राउत र रौतहटकै बौधीमाई नगरपालिका–२ का ४४ वर्षीय राजमंगल पटेल रहेका छन् ।

उपेन्द्रको घरमा हातहतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट टोली खटिएको थियो । प्रहरीले सो घर तलासी गर्दा घरेलु रिभल्वर एकथान, सोही रिभल्वरको गोली सात राउन्ड, नलकटुवा पेस्तोल एकथान र सोही पेस्तोलको गोली तीन राउन्ड फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

उपेन्द्रको घरअगाडि रोकिराखेको ना९प २६३० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro