site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा दुई आतंककारीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई आतंककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आतंकवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ ।

कारबाहीका क्रममा सुरक्षा बल र आतंककारी बीचको गोली हानाहानमा दुई आतंककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro