site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता सार्वजनिक

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता सार्वजनिक गरिएको छ । यस अन्तर्गत कम्पनीले २५१८८९१५६९ क्यास आईडीका ग्राहक आन सिहंं बोहोराले एक लाख रुपैयाँ नगद जितेका छन् । 

 

कात्तिक २० गते भएको लक्की ड्रमार्फत बोहोराले एक लाख रुपैयाँ नगद जितेको डिशहोमले जनाएको छ ।

नेपालको अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत एक लाख रुपैयाँ नगद् प्राप्त गर्ने, मिडिया कभरेज प्राप्त गर्ने र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्ने डिशहोमले जनाएको छ । जसमा दश लाख रुपैयाँ नगद् जित्ने, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जनाएको हो ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro