site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिबिफिनको उपमहानिर्देशकमा कोइराला नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । उनले हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका छन् । 

कोइरालाले व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । रणनीतिक मानवीय पुँजी व्यवस्थापन, विकास, व्यवस्थापकीय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेसागत विकास जस्ता क्षेत्रहरूमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट विशिष्ट तालिम समेत प्राप्त गरेका छन् ।  

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रका समग्र लगानीकर्ता तथा निक्षेपकर्ताको हितको संरक्षण गर्दै वित्तीय क्षेत्रको सुदृढता र स्थायित्व, उत्पादकत्व तथा रोजगार अभिवृद्धि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro