site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गरेको छ ।

पर्यटनमन्त्री सुदन किरातीले गत चैत २६ गते पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ‘नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापनीय अध्ययन तथा सिफारिस समिति’ गठन गरेका थिए । उक्त समितिले निगम सुधारको सुझावसहित असोज १६ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनका निम्ति समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

क्षेत्री समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न निगमका पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बूको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सहसचिव र निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरी समिति बनाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro