site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प : परकम्पको संख्या ३८२ पुग्यो
भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, क्षपारेमा भत्किएको घर उत्खनन् गरेर पुरिएका सामग्री निकाल्दै स्थानीयवासी । तस्बिर : सुरेश आचार्य/रासस ।

काठमाडौं । गएको शुक्रबारको भूकम्पपछि जाजरकोटमा निरन्तर परकम्प मापन गरिएको छ । सोमबार बिहान १० बजेर १० मिनेटसम्म जाजरकोटमा ३८२ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यीमध्ये चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

चार म्याग्निच्युडदेखि माथिका सात परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro