site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पबाट अवरुद्ध सडक खुला
जाजरकोटको भूकम्पले भेरी नगरपालिका–१, रिम्नास्थित सडकमा खसेको पहिरो । तस्बिर : सुरेश आचार्य/रासस ।

जाजरकोट । भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।

सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक समेत खुलाइएको छ ।

राहत तथा उद्धारमा सहजता ल्याउन तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

राहत तथा पुनःस्थापनाका निम्ति सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडक समेत खुलाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro