site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचार गर्न विशेषज्ञ टोली

काठमाडौं । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ । भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका निम्ति मन्त्रालयले चार पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिनेछ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपक्षी समेत प्रभावित भएकाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro