site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पमा परी १५७ को मृत्यु, ३७५ जना घाइते, केहीको हवाई उद्धार : गृह मन्त्रालय
तस्बिर : रासस ।

काठमाडौं । भूकम्पमा परी कर्णाली प्रदेशमा १५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, भूकम्पमा परी हालसम्म ३७५ जना घाइते भएका छन् । गम्भीर घाइतेको हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगन्जमा उपचार भइरहेको छ । सामान्य घाइतेहरूको उपचार स्थानीय र जिल्ला अस्पतालहरूमा भइरहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पका कारण निजी आवास, सरकारी संरचनामा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको हो ।

afg-1699110449.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro