site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिमिल्सिनाको एक महिनाको तलब भूकम्पपीडितलाई 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडितका निम्ति राहत कोषमा जम्मा गर्ने भएका छन् ।

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका निम्ति सरकारले स्थापना गर्ने राहत कोषमा उनले एक महिनाको तलब जम्मा गर्न लागेका हुन् ।

शुक्रबार राति ११.४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

प्रकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरूको उद्धार र पीडितका निम्ति राहत तथा पुनःस्थापनामा जुट्न उनले सबैलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro