site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३८ पुग्यो

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पका कारण संरचना भत्कँदा जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro