site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पका सात घाइतेलाई थप उपचार गर्न काठमाडौं ल्याइँदै 

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते भएका मध्ये सातजनालाई थप उपचारका निम्ति काठमाडौं ल्याइँदै छ ।

नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरूलाई काठमाडौं ल्याउन लागिएको नेपाल प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडामा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् ।

भूकम्पका कारण संरचना भत्कँदा हालसम्म १३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro