site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्पबाट भएको क्षतिप्रति एनआरएनएले गर्‍यो दुःख व्यक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । उद्धारकार्य जारी छ ।

एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सरकारले सुरु गरेको राहत कोषमा एनआरएनए अभियन्ताबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गरिने पनि अध्यक्ष शर्माले जानकारी दिए ।

उनले भनेका छन्, “एनआरएनको आपत्कालीन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्नेछौँ ।”

थप राहत तथा उद्धारका निम्ति एनआरएनए तयार रहेको अध्यक्ष शर्माले उल्लेख गरेका छन् । घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro