site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलसँगको सीमामा हिज्बुल्लाहका सात लडाकु मारिए
फाइल तस्बिर ।

काठमाडौं । इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका सात लडाकु मारिएका छन् ।

शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतका अनुसार सीमामा इजरायली सेनासँगको हिंस्रक मुठभेडमा शुक्रबार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो । चार सर्वसाधारण घाइते भएका छन् ।

हिजबुल्लाहले आफ्ना मारिएका सदस्यप्रति शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । दक्षिणी लेबनानका धेरै क्षेत्रमा तोपको गोलाबारी भएको छ । इजरायली हवाई आक्रमणबाट तीन लेबनानी नागरिक र एक सिरियाली शरणार्थी घाइते भएका छन् ।

लेबनानी रेडक्रसले उनीहरूलाई अस्पतालमा स्थानान्तरण गरेको छ । लेबनानी सैन्य स्रोतका अनुसार शुक्रबारको हताहतले लेबनानी पक्षमा अक्टोबरयता मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

सीमावर्ती गाउँ अल वाजानीमा बुधबार बिहान दुई युवाको शव फेला परेको थियो । उनीहरूलाई मंगलबार इजरायली सेनाले बाख्रा चराउने क्रममा निसाना बनाएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro