site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री बस्नेत भन्छन्– भूकम्पका घाइतेको उपचारमा कमी हुँदैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा गएराति भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोलीको व्यवस्था गर्ने बताए । 

मन्त्री बस्नेतले स्थानीयस्तरमा उपचार सम्भव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्ने बताए । मन्त्री बस्नेतले जाजरकोट र रुकुमको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro