site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उद्धारका लागि तयारी अवस्थामा निजी वायुसेवा कम्पनी, निर्देशनको पर्खाइ

काठमाडौं । दुर्गममा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीले जाजरकोट भूकम्पका घाइतेको उद्धारका लागि उडान भर्न तयारी अवस्थामा रहेका बताएका छन् । 

उक्त क्षेत्रमा घाइतेको उद्दारको लागि तयारी अवस्था रहेको वायुसेवा सेवा संचालक संघका महासचिव मनोज कार्कीले जानकारी दिए । जहाज तयारी अवस्था राखेको र सरकारको निर्देशन आउन साथ उडान भर्ने उनले बताए । नेपालगन्जमा रहेका जहाज फ्लाइट नगरेर स्ट्यान्डबाई अवस्थामा राखेको उनको भनाइ छ । 

“हामी स्ट्यान्डबाई अवस्थामा छौँ ।  हामीलाई अहिलेसम्म उद्धाका लागि निर्देशन आएको छैन । अहिले नेपालगन्जमा हाम्रो एउटा जहाज छ । त्यो जहाज फ्लाइट नगरेर स्ट्यान्डबाई अवस्थामा राखिरहेका छौँ । हामी उड्नको लागि तयारी अवस्था छौँ । निर्देशनको पर्खाइमा छौँ,” कार्कीले बाह्रखरीसँग भने, “काठमाडौंमा भएको जहाज पनि आवश्यक परेपछि हामी पठाउन  तयारी अवस्थामा छौँ ।”

यसअघि नेपाल एयरलाइन्सको नाइन एन–एबीटी कल साइन को १९ सिट क्षमताको जहाज काठमाडौंबाट रुकुमको चौरजाहारी विमानस्थलतर्फ उडेको थियो । 

उक्त जहाज मेडिकल टिमसहित ८ः१८ मा काठमाडौंबाट चौरजाहारी उडेको नेपाल एयरलाइन्सका  प्रवक्ता रमेश पौडेलले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro