site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनए केन्द्रीय समितिको बैठक आइतबार बस्ने 

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को ९३औँ बैठक आउँदो आइतबार बस्ने भएको छ ।

संघको ११औँ महाधिवेशनपछि अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले संघभित्र हाल देखिएको विवाद र भाबी योजनाका बारेमा छलफल हुने बताइएको छ । 

भर्चुअलमार्फत हुने सो बैठकमा संघका पदाधिकारीहरूको कार्यविभाजन हुने भएको छ । बैठकले संघका विभागीय प्रमुखहरूको जिम्मेवारी तोक्ने तयारी गरेको छ । 

बैठकमा नयाँ कार्यसमितिका सदस्यहरू तथा कार्यदलमा मनोनयनबारे छलफल हुने भएको छ । 

बैठकमा हालसम्म संघको अभियानमा भएका प्रगति तथा थप उपलब्धिको लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्ने अजेण्डा तय गरिएको छ ।

संघको गत महिना सम्पन्न ११औँ महाधिवेशनमा शपथ खान छुटेका निर्वाचित पदाधिकारी तथा आईसीसी सदस्यहरूले सोही बैठकमा शपथ लिने तयारी गरेका छन् । 

संघको विधानअनुरुप संस्थाको प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्यहरू तथा अध्यक्षले प्रवक्ता मनोनीत गर्ने प्रावधान छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro