site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकको नाफामा खराब कर्जाको प्रभाव

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा तीन करोड ६२ लाख रुपैयाँले वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ३ प्रतिशतले वृद्धि भएको हो ।

बैंकले असोज मसान्तसम्म एक अर्ब २२ कराड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब १८ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खराब कर्जामा वृद्धि भएसँगै नाफामा असार परेको देखिन्छ । वित्तीय विवरणानुसार बैंकको खराब कर्जा असोज मसान्तसम्म ४.३८ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.१० प्रतिशत मात्र थियो । एक वर्षको अवधिमा बैंकको खराब कर्जा उलेख्य रूपमा वृद्धि भएको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले गत वर्षको असोज मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले तीन खर्ब ५७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यो बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा तीन अर्ब ३२ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro