site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौंका यी स्थानमा भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा शनिबार (भोलि) चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

“यस नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/०७/१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ,” प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।”

amfdmg-1698983785.JPG

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro