site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बन्धक रिहाइका निम्ति गाजामा युद्ध रोक्न बाइडेनको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान भने गरेका हैनन् ।

गाजामा इजरायलले ठूलो आक्रमण जारी राखेको छ । त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु भइसकेको बताइएको छ ।

धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन् । अमेरिकाले भने मानिसलाई गाजाबाट निकाल्न छोटो समयका निम्ति मात्र युद्ध रोक्न सहमति जनाएको छ ।

यसबीच इजिप्टतर्फको सीमा रफाह क्रसिङ हुँदै गाजाबाट थप मानिस बाहिरिने अपेक्षा गरिएको छ । हिजो (बुधबार) रफाह ‘पास’बाट विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगेका थिए ।

इजरायली सेनाले आफ्नो जेट विमानले जबलियामा रहेको हमासको अखडामा आक्रमण गरेको र दुई लडाकु मारिएको जनाएको छ ।बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro