site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्प पुगेका असईको फर्किदा मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।

अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । गत कात्तिक १२ गते असई ढुंगाना गुटेरेसको सुरक्षाको लागि उनीसँगै हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किएका थिए । ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

एसपी थापाले भने, “गएराति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको रहेछ । आज हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भयो ।”

उनलाई पोखरा मणिपाल अस्पताल पुर्‍याइएको थियो । ढुंगाना इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख हुन् । अन्नपूर्ण आधार शिविर उनकै क्षेत्रमा रहेका कारण उनी गुटरेससँग वेसक्याम्प पुगेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro