site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडाले सरकारी डिभाइसमा प्रतिबन्ध गर्‍यो चिनियाँ एप विच्याट

काठमाडौं । क्यानडाले सरकारी उपकरणहरूमा विच्याट एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ‘एभ्रिथिंग एप’ पनि भनिने विच्याटमा ह्वाट्सएप, फेसबुक, अमेजन र टिन्डर जस्ता सबै सुविधा उपलब्ध छन् ।

पश्चिमा मुलुकहरुले यो एपले प्रयोगकर्तामाथि जासूसी गर्न सक्ने भन्दै खतरा भएको भन्न थालेका छन् । यसअघि, अमेरिका, क्यानडालगायत मुलुकले टिकटकमाथि पनि प्रतिबन्ध लगाइसकेका छन् ।

विच्याट संसारमा सबैभन्दा धेरै प्रयोग हुने एपहरूमध्येको एक हो । चीनमा अत्यधिक प्रयोगमा रहेको यो एप दक्षिणपूर्व एसिया र चिनियाँ डायस्पोरा समुदायमा पनि लोकप्रिय छ ।

क्यानाडाले यो प्रतिबन्ध तुरुन्तै लागु हुने बताएको छ । विच्याटमार्फत क्यानडामा सरकारी सूचना कम्प्रोमाइज भएको कुनै प्रमाण नभएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro