site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी
प्रतीकात्मक तस्बिर ।

गुल्मी । जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन् ।

बिरामी पर्नेमा इस्मा गाउँपालिका–६, बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरू तीनैजनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घरनजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबारदेखि उनीहरू बिरामी परेका सरिताका श्रीमान् वृषबहादुरले बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro