site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन महिनामा भित्र्याइयो २१ सय विद्युतीय गाडी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना (साउन, भदौ र असोज)मा २१ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकानुसार यो अवधिमा दुई हजार १३५ विद्युतीय जीप, कार र भ्यान भित्र्याइएको हो ।

तीन महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल भित्र्याइएको छ । पछिल्ला तीन महिनामा ५० किलोवाटसम्मका ९५४, १०० किलोवाटसम्मका एक हजार १६६, २०० किलोवाटसम्मका १२ र त्यसभन्दा माथिका तीन ईभी भित्र्याइएको हो ।

पाँच अर्ब १७ करोड ७१ लाख मूल्यबराबरका यी ईभीबाट सरकारले दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भारतबाट एक हजार ७३ र चीनबाट एक हजार ५१ ईभी नेपाल भित्र्याइएको छ । इन्डोनेसियाबाट सात र जर्मनीबाट र दक्षिण कोरियाबाट दुई/दुई गाडी भित्र्याइएको भन्सार विभागले जनाएको छ ।

गत वर्षको तुलनामा तीन गुणा बढी ईभी आयात
यो गत आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको तुलनामा तीन गुणा बढी आयात हो । गत वर्षको यसै अवधिमा दुई अर्ब रुपैयाँबराबरका ७०५ ईभी नेपाल भित्र्याइएको थियो । त्यसबाट सरकारले करिब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro