site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १० जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–५, लेले बस्ने नवीन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महतसमेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले नगद सात लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro