site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले ३५ सयभन्दा बढी ग्राहकलाई दियो १०० रुपैयाँ बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सयभन्दा बढी ग्राहकलाई जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको जनाएको छ ।

एनसेलको १८औँ वार्षिकोत्सवका अवसरमा ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सञ्चालनमा ल्याइएको योजनामा ग्राहकलाई गएको शुक्रबार (कात्तिक ३ गते) बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।

भदौ ३१ गतेदेखि २८ दिनसम्म सञ्चालनमा रहेको योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइज पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्ता उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टकटाइम र एसएमएस रहेको बताइएको छ ।

दैनिक उपहारबाहेक प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकलाई १०० रुपैयाँको बोनस ब्यालेन्सका निम्ति छानिएको कम्पनीले जनाएको छ ।

विजेता ग्राहकले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकमजस्तै गरी एनसेलका सेवा प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro