site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेरि अर्को धक्का, धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प

काठमाडौं । धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प मापन गरिएको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको  थियो । त्यसपछि सो संख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार ६.१ म्याग्निच्युडको धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पको परकम्प हो । त्यसपछिका धक्का भने ६.१ म्याग्निच्युडको परकम्प भएको उनले बताए ।

यसरी मापन गरिएका परकम्प दुई म्याग्निच्युडदेखि माथिका छन् । तीमध्ये सबैभन्दा ठूलो परकम्प ४.४ म्याग्निच्युडको छ । आइतबार अपराह्न ४ बजेर ३ मिनेटमा धादिङकै बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्का मापन गरिएको उनले जानकारी दिए ।

“६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पको परकम्प हो भने त्यसपछिका अरूचाहिँ ६.१ म्याग्निच्युडको परकम्प हुन्,” उनले बाह्रखरीसित भने ।

केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको धक्कापछि आइतबार दिउँसो साढे ३ बजेसम्म १२२ परकम्प मापन गरिएको थियो । त्यसपछि बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्कासहित अरू केही अत्यन्तै साना परकम्प थपिएको हुन सक्ने केन्द्रले जनाएको छ ।

यी परकम्प नियमित र स्वाभाविक प्रक्रिया भएको भूकम्पविद् डा. भट्टराईले बताए । भूकम्पविद्का अनुसार चार म्याग्निच्युडभन्दा मुनिका धक्का जोखिमपूर्ण मानिँदैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro