site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी सम्झौता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यको हात अघि बढाइएको स्पष्ट पारे ।

अथाह सम्भावना भएको सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न सबै लगानीकर्ताहरुलाई उनले आह्वान गरे । सुदूरपश्चिम प्रदेश अथाह सम्भावनाको क्षेत्र भएकाले यसको समृद्धिमा सबैले साथ दिने मुख्यमन्त्री शाहको विश्वास थियो ।

महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यसम्बन्धी समझदारीपत्रलाई परिणाममुखी बनाउने गरी महासंघले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकलाई नै समृद्ध बनाउने महासंघको अभियान भएकाले सोही विषयमा सहकार्य गर्ने अवसर दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारप्रति उनले आभार व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारले त्यस क्षेत्रको समृद्धिका लागि लगानी जुटाउने उद्देश्यका साथ आगामी फागुन २३ र २४ गते प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro