site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेवा सुविधा कटौती गरेपछि व्यवस्थापनका कर्मचारीमाथि कुटपिट, परिसंघको ध्यानाकर्षण
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेडका मजदुरले व्यवस्थापनका कर्मचारीमाथि कुटपिट गरेको छ । कुटपिट गरेपछि नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण एवं गम्भीर अवस्थामा सेवा सुविधा पूर्णरूपमा नदिएको भन्दै कुटपिट र अभद्र व्यवहारमा उत्रिन गर्ने अवस्था आएको परिसंघको धारणा छ ।

सीजीका मजदुरले दसैँमा आफूले पाउने सेवा सुविधा कटौती गरेको भन्दै व्यवस्थापन कर्मचारीहरूमाथि कुटपिट गरेको कम्पनीले जानकारी दिएको छ ।

चुनौतीपूर्ण अवस्थाका बावजुद न्यूनक्षमतामा भएपनि उद्योग सञ्चालन गरिरहेको अवस्थामा कर्मचारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधिले कसैलाई फाइदा नगर्नेतर्फ सचेत बन्न परिसंघले अनुरोध गरेको छ ।

आफ्ना असहमतिहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि बढाइ समाधान खोज्न परिसंघले आग्रह गरेको छ । 

अधिकारीहरूमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्ने जस्ता अराजक गतिविधि नगर्न/नगराउन परिसंघले आग्रह गरेको छ ।

यस्ता गतिविधिहरूलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड युनियनहरूलाई समेत परिसंघले आह्वान गरेको छ । 

हालको विषम परिस्थितिले निरुत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहनसमेत परिसंघले ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro