site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनपछि बेलायतका प्रधानमन्त्री सुनक इजरायलमा

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनक इजरायलको भ्रमणमा गएका छन् । उनको निवास डाउनिंग स्ट्रीटले इजरायलपछि उनले त्यसक्षेत्रका अन्य देशको भ्रमण गर्ने बताएको छ ।

हमासको हमलापछि इजरायलले गाजामा गरिरहेको भीषण आक्रमणका बेला सुनक बेन्जामिन नेतान्याहुसँग भेट गर्न त्यहाँ गएका हुन् । उनले इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो (बुधबार) नेतान्याहुलाई तेल अभिभमा भेटेका थिए । जोर्डनमा अरब नेताहरूसँग भेट्ने कार्यक्रम तय भए पनि गाजाको अल अहली अस्पतालमा ५०० जनाभन्दा बढीको ज्यान जानेगरी विस्फोट भएपछि उनले त्यहाँको भ्रमण रद्द गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro