site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रोकर कमिसन १० प्रतिशत घटाउने प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल ब्रोकरले लिँदै आएको कमिसन घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । हाल लगानीकर्ताबाट ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव गरेको हो ।

लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन १० प्रतिशत र धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।

बोर्डले यसअघि संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमसिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro