site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यून गुणस्तरीय पाइएपछि तीनवटा औषधि बिक्रीमा रोक 

काठमाडौं । औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । 

धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५००एमएल र आरएल ५०० एमएल (स्लाइन वाटर)मा समस्या देखिएको हो । 

त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित ब्याच नम्बर एन१६२२०६ को पानोपाज  नामक औषधिमा पनि खराबी देखिएको हो । यी तीन औषधि राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरयि पाइएको विभागले जनाएको छ । 

यी ब्याचका औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । 

साथै बिक्रीमा रोक लगाइएका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।  

औषधि-फिर्ता-(RECALL)-गर्ने-सम्बन्धि-अत्यन्त-जरुरी-सूचना---२०८००६२९-1697613105.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro