site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षा मन्त्रीबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार बेइजिङमा भएको हो । 

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ कार्यान्वयन गर्न, सहयोगलाई अगाडि बढाउन र विकास प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका थिए ।

नेपालसँग सीमा व्यवस्थापन सहयोग अभिवृद्धि गर्न, सीमापार अपराध नियन्त्रण गर्न, कानुन कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि गर्न र कानुनको कार्यान्वयन तथा सुरक्षा सहयोगलाई उच्च स्तरमा पुर्‍याउन चीन नेपालसँग हात मिलाउन इच्छुक रहेको उनले बताए । 

भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुरक्षा सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताएका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro