site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल 

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । 

कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारणसभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिएको सेयरमध्ये पाँच प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारणसभाले निर्णय गरेको छ ।  अस्पतालले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।

यसका साथै सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।त्यसपश्चात् कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । 

साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट रामशरण भण्डारी, दलबहादुर भण्डारी र प्रेमबहादुर भण्डारी नियुक्त भएका छन्  । 

यस्तै, सर्वसाधारणतर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । 

साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्वमहालेखा परीक्षक हुन् ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro