site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नापी कार्यालयका सर्वेक्षक र बिचौलिया घुससहित नियन्त्रणमा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सोमबार सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

ठाकुर र यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो । 

अनुसन्धानका क्रममा अख्तियारको टोलीले ठाकुर र यादवलाई सेवाग्राहीबाट नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक गरी कुल एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको भद्रपुर नगरपालिका वडा नं. ७ चन्द्रगढीबाट नियन्त्रणमा लिएको हो । 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro