site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघ । सयुंक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा द्रुत र निर्वाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।  

“यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ,  संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो”, उनले भने, “हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहररूलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवाश्यक रहेको महासचिव गुटर्रेसको जोड छ । यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्वाध पहुँच प्रदान गर्नुपर्छ ।”

यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताए । 

संयुक्त राष्ट्रसंघसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा  खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटरेसले बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro