site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथरमा ढुंगाले लागेर कामदारको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

पाँचथर । पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।    

जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर ज्यान गएको हो । 

आइतबार दिउँसो ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लागेको थियो । 

उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भइ काम गरिरहेका थिए । रासस

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro